पीएसजीको साँघुरो जित

एजेन्सी, २२ साउन । क्लब मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले साँघुरो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले दोस्रो डिभिजनको क्लब सोचाउक्समाथि १–० गोलको जित निकालेको हो ।

पीएसजीको मैदानमा भएको खेलमा इरिक म्याम्सिम चौपो–मोटिङले निर्णायक गोल गरेका थिए । उनले खेलको १५औं मिनेटमा गरेको गोल नै पीएसजीको जितमा निर्णायक बन्यो ।

च्याम्पियन्स लिगको तयारीका लागि पीएसजीले मैत्रीपूर्ण खेल खेलेको हो ।

पीएसजीले यो सिजन तीन उपाधि जितेको छ । पीएसजीले लिग वान, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि आफ्नो बनाइसकेको छ ।

अब चौथो उपाधि जित्ने योजनासहित च्याम्पियन्स लिगको तयारीमा छ । ऊ च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

अब सेमिफाइनलका लागि उसले इटालियन क्लब अटलान्टासँग खेल्नेछ । यो खेल १२ अगस्टमा पोर्चुगलको लिस्बोनमा हुनेछ ।

Loading...