Rumpum

Rumpum Advertisement

एकै दिन दुई लाख ६२ हजार बढी संक्रमित थपिए

एकै दिन दुई लाख ६२ हजार बढी संक्रमित थपिए

विराटनगर, २२ साउन । विश्वमा एकै दिन दुई लाख ६२ हजार पाँच सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

विश्वमा हालसम्म संक्रमति संख्या एक करोड ८९ लाख ५६ हजार छ सय २६ पुगेको छ । ज्यान गुमाउनेको संख्या सात लाख १० हजार ३८ पुगेको छ । कोरोनाका कारण एकै दिन छ हजार पाँच सय ८९ जनाको मृत्यु भयो ।

६१ लाख चार हजार आठ सय ४० जना उपचाररत रहेकोमा ६५ हजार पाँच सय १४ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा संक्रमित संख्या ४९ लाख ७३ हजार तीन सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार आठ सय ९० जना संक्रमित थपिएका छन् ।

एक लाख ६१ हजार पाँच सय ८१ जनाको मृत्यु भइसकेको छ । २५ लाख २९ हजार सात सय ४२ जना उपचारपछि निको भएका छन् ।

ब्राजिलमा २८ लाख ६२ हजार सात सय ६१ संक्रमति पुगे । ९७ हजार चार सय १८ जनाले ज्यान गुमाई सकेका छन् ।

सात लाख ४४ हजार सात सय छ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन ५६ हजार छ सय २६ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या १९ लाख ६३ हजार दुई सय ३९ पुगेको छ ।

४० हजार सात सय ३९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । १३ लाख २७ हजार दुई सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।