राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

काठमाडौं, २१ साउन । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

लकडाउन खुकुलो भएसँगै मुलुकभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले बिहीबारबाट लागू हुनेगरी यो निर्णय गरेको हो ।

मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाले २०० बढी सक्रिय संक्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने निर्णय भएको जनाए ।

यसैगरी काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको छ ।

Loading...