कोरोनाको उपचारपछि मानसिक असर हुनसक्छ : अध्ययन

एजेन्सी, २१ साउन । आधाभन्दा बढी कोरोना भाइरसबाट निको भइसकेका बिरामीहरूमा भ्रम, एन्जाइटी, पीटीएसडी, अनिद्राको लक्षण तथा डिप्रेसन जस्ता लक्षणहरू अनुभव गर्ने अध्ययनले देखाएको छ ।

अघिल्ला अध्ययनहरूले भाइरल इन्फेक्सको लामो असरहरूमा मुटु र फोक्सोको क्षतिलाई औंल्याएको छ । मिलानको सान रफेल अस्पतालले गरेको अध्ययनले कोभिड उपचारको लागि करिब ५५ प्रतिशत बिरामीहरूमा निको भइसकेको एक महिनापछि समेत मनोवैज्ञानिक असरहरू हुने पत्ता लगाइएकाे थियो ।

अस्पतालमा भर्ना भएका ४ सय २ बिरामीहरूको सहभागितामा गरिएको अध्ययनमा २८ प्रतिशतमा पोस्ट-ट्रमेटिक स्ट्रेस डिसर्डर (पीटीएसडी), ३१ प्रतिशतमा डिप्रेशन र ४२ प्रतिशतमा एन्जाइटी रहेको देखिएको थियो ।

थप रूपमा, ४० प्रतिशत बिरामीहरूलाई अनिद्रा थियो भने २० प्रतिशतलाई ओबेसिभ कम्पलसरी लक्षणहरू थिए ।

भाइरसले मानसिक स्वास्थ्यमा खतरनाक प्रभाव पारेको र बिरामीलाई पीटीएसडी, साइकोसिस, डिप्रेसन जस्ता दीर्घकालीन दीगो मानसिक समस्याहरू हुने सम्भावना बढी हुने अध्ययनको निष्कर्ष रहेको छ ।

मस्तिष्क, व्यवहार र प्रतिरक्षा नामक जर्नलमा प्रकाशित अध्ययनमा पुरुषहरू कोभिड मृत्युदरमा बढी पीडित हुने सम्भावना रहेको छ भने महिलाहरूमा मानसिक पीडा र उपचारपछि विभिन्न समस्याबाट ग्रस्त हुने बढी सम्भावना रहेको उल्लेख गरिएको छ ।

Loading...