बेल र रोड्रिग्वेज सिटीविरुद्ध खेल्ने रियलको टोलीबाहिर

एजेन्सी, २१ साउन । स्पेनिस क्लब रियल मड्रिडले फरवार्ड ग्यारेथ बेल र मिडफिल्डर जेम्स रोड्रिडग्वेलाई म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीबाट बाहिर राखेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत सिटीसँगको खेलका लागि २४ सदस्यीय टोली घोषणा गर्दा रियलले बेल र रोड्रिग्वेजलाई टोलीबाहिर राखेको हो । अन्तिम १६ को दोस्रो लेगमा रियलले शनिबार राति सिटीसँग इतिहादमा प्रतिस्पर्धा गर्दैछ ।

यसअघि सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगको खेलमा २–१ गोलको हार ब्यहोरेका कारण रियल दोस्रो लेगको खेलमा दबाबमा छ । तर, दबाबका बीच रियलले अनुभवी खेलाडीद्वय बेल र रोड्रिग्वेजलाई टोलीमा राखेको छैन ।

रियलले बुधबार सार्वजनिक गरेको २४ सदस्सीय प्रारम्भिक टोलीमा आठ फरवार्ड समावेश छन् । तर, ३० वर्षीय बेल भने परेका छैनन् ।

टोलीका कप्तान सर्जियो रामोसले पनि सिटीसँगको खेलका लागि इंग्ल्यान्डको भ्रमण गर्नेछन् । तर, उनले सिटीविरुद्ध नखेल्ने जनाइएको छ ।

Loading...