चेल्सीका विलियनलाई आर्सनलको तीन वर्षे अफर

एजेन्सी, २१ साउन । इंग्लिस क्लब चेल्सीका स्टार विलियनलाई प्रतिद्वन्द्वी क्लब आर्सनलले अफर गरेको छ । ब्राजिलियन स्टार विलियनलाई भित्र्याउन इच्छुक रहेको आर्सनलले यस्तो अफर गरेको जनाइएको छ ।

मिकेल अर्टेटाको टोली आर्सनलले ३१ वर्षीय विलियन अनुबन्धका लागि यस्तो अफर राखेको हो । चेल्सीले गरेको दुई पटकको प्रस्ताव अस्वीकार विलियनमाथि आर्सनलबाहेक बार्सिलोना र इन्टर मियामीको नजर रहेको बताइन्छ ।

चेल्सीसँग तीन वर्षे सम्झौता गर्ने मनसायमा रहेका उनले चेल्सीको एक वर्षे र दुई वर्षे सम्झौता अस्वीकार गरेका हुन् ।

सात वर्षअघि स्टाम्फोर्ड ब्रिज आएका विलियन र चेल्सीबीचको सम्झौैता ३१ अगस्ट २०२० मा सकिँदैछ । ३१ वर्षीय विलियनले चेल्सी छोड्ने मनसाय बनाएका छैनन् ।

यता, उनका एजेन्ट किया जोराबचिनले भने विलियन एमएलएस लिग खेल्ने मनसायमा रहेको बताएका छन् ।

Loading...