बेलबारीमा बुधबारदेखि १० दिन लकडाउन

बेलबारी, २१ साउन । बेलबारी नगरपालिकाले कोरोना संक्रमणको जोखिम कम गर्न ३२ साउनसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरी १० दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गर्दै लकडाउको पालना गर्न आग्रह गरे ।

Loading...