मुला स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २१ साउन । सलाद, अचार तथा तरकारी पकाएर खाने मुला स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

शरीरका लागि चाहिने एन्टी अक्सिडेन्टका साथै मुलामा पोटासियम, सोडियम, डाइट्री फाइबर्स तथा भिटामिन ‘सी’ले पर्याप्त मात्रामा पाइन्छ । यी पोषण तत्वहरूले शरीरलाई विभिन्न रोगहरूसंग लड्नका लागि शक्ति प्रदान गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने पानीले शरीरमा चाहिने पानीको मात्रा पु¥याउन सहयोग गर्छ । जसकारण मृगौलाजन्य रोगको जोखिम पनि घट्ने गर्छ ।

मुलाको सेवनले पाचन प्रक्रियालाई नियमति गरेर कब्जियतको समस्यामा राहत प्रदान गर्छ । शरीरबाट निष्कासन हुने दिसालाई मुलायम बनाएर विभिन्न पेटसम्बन्धी रोगहरू लाग्न दिँदैन । मुलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ । जसले कम गर्न तथा मोटोपना घटाउनसमेत सहयोग गर्छ । मुलाको सेवनले रक्तचाप सन्तुलित बनाएर उच्च रक्तचापबाट बच्न र रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेह तथा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।

मुलाको नियमित सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिमलाई समेत कम गर्छ । मुलाको सेवनले दमको रोगीहरुको स्वासनलीमा हुने एलर्जीको समस्या कम गर्छ । मुलाको नियमित र सही प्रयोगले पाइल्ससम्बन्धी हुने विभिन्न समस्याहरूलाई एक महिनामै समाधान गर्ने गर्छ ।

मूलाको नियमित सेवनले छालामा हुने विभिन्नखाले संक्रमणको जोखिम घटाएर अनुहार तथा छालालाई स्वस्थ राख्छ । मुलाको सेवनले दाँतलाई स्वस्थ र चम्किलो बनाउन मद्दत गर्छ । मुलाको रस सेवन गर्ने र मुलाकै रसले मुख कुल्ला गर्नाले गिजाबाट रगत आउने, मुख गन्हाउने तथा गिजामा संक्रमण भएर रगत बग्ने समस्या कम हुन्छ ।

Loading...