Rumpum

Rumpum Advertisement

कोरोना महामारीअघि पीएसजी जान चाहन्थे रोनाल्डो

कोरोना महामारीअघि पीएसजी जान चाहन्थे रोनाल्डो

एजेन्सी, २० साउन । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना महामारीअघि युभेन्टस छोड्न चाहेको फ्रान्सेली रिपोर्टहरूले जनाएका छन् ।

फ्रान्सेली रिपोर्टका अनुसार युभेन्टसका फरवार्ड रोनाल्डो कोरोना महामारीअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने मनसाय बनाएका थिए ।

३५ वर्षीय रोनाल्डोले सन् २०१८ मा रियल छोडेर इटाली आएयता लगातार दुई पटक सिरी ‘ए’ उपाधि जितिसकेका छन् ।

तर, फ्रान्स फुटबलका अनुसार रोनाल्डो महामारीअघि युभेन्टसको प्रदर्शनदेखि असन्तुष्ट थिए । र, उनले पीएसजी जाने मनसाय बनाएका थिए ।

रिपोर्टका दाबीअनुसार रोनाल्डोले नेयमार र किलियन एम्बाप्पेसँग एकसाथ खेल्नका लागि पनि पीएसजीमा अनुबन्ध हुन चाहन्थे ।

यता, पीएसजीले पनि पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोलाई भित्र्याउन चाहेको बताइएको थियो ।

नोभेम्बर २०१९ मा च्याम्पियन्स लिगअन्तर्ग लोकोमोटिभ मोस्कोसँगको खेलबाट नै रोनाल्डो युभेन्टससँग असन्तुष्ट रहेको रिपोर्टको दाबी छ ।

सो खेलमा युभेन्टसका प्रशिक्षक मौरिजियो सार्रीले रोनाल्डोलाई स्थानान्तरण गरेका थिए । युभेन्टसले २–१ गोलको जित निकालेको सो खेलको ८१औं मिनेटमा पाउलो डेबाला रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यसबाट रुष्ट रहेका रोनाल्डोले इटाली छाेड्दै फ्रान्स जाने मनसाय बनाएकाे भए पनि काेराेना महामारीका कारण उनकाे पीएसजी सरुवा सफल हुन नसकेकाे रिपोर्टको दाबी छ ।