Rumpum Advertisement

च्याम्पियन्स लिगमा भिड्नुअघि बार्सिलोनाका खेलाडीले भने– नापोली बलियो टिम हो

Neuro
च्याम्पियन्स लिगमा भिड्नुअघि बार्सिलोनाका खेलाडीले भने– नापोली बलियो टिम हो

एजेन्सी, २० साउन । बार्सिलोनाका खेलाडी क्लिमेन्ट लेंग्लेटले इटालियन क्लब नापोली बलियो टोली भएको प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स लिगमा भिड्नुअघि लेंग्लेटले नापाली बलियो प्रतिद्वन्द्वी रहेको बताएका हुन् ।

आगामी शनिबार बार्सिलोनाले च्याम्पियन्स लिगमा नापोलीसँग अन्तिम १६ को दोस्रो लेगको खेल खेल्दैछ । क्याप नोउमा हुने यो खेलमा बार्सिलोना क्वार्टरफाइन प्रवेशका लागि बलियो अवस्थामा छ ।

यसअघि नापोलीको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको भएपनि अवे गोलका कारण बार्सिलोना बलियो अवस्थामा रहेको छ । अब गोलरहित बराबरीमा रोकिए पनि बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान बनाउने छ ।

‘नापोली एक बलियो टिम हो,’ लेंग्लेटले बार्सिलोनाको मिडियासँग कुरा गर्दै भने, ‘हामीले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छौं । यसमा अवे गोल गरेर हामीले सानो फाइदा उठाएका छौं । तर, क्याप नोउमा राम्रो प्रदर्शन गरे मात्र हामी अघिल्लो चरणमा पुग्नेछौं । र, लिस्बोन यात्रामा निस्कन पाउनेछौं ।’

च्याम्पियन्स लिगको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल सबै पोर्चुगलको लिस्बोनमा हुने पक्का भइसकेको छ ।

‘अब हाम्रो ध्यान अन्तिम आठमा हुनेछ र त्यसपछि अरु चरणमा शतप्रतिशत सफलता पाउन लाग्नुपर्नेछ’, उनले थपे ।