birat ribon

‘आफन्तबाटै एसिड आक्रमण’

Neuro
‘आफन्तबाटै एसिड आक्रमण’

काठमाडौ, १९ साउन । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताए ।

cura insider

संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटनामध्ये आठवटा बदलाको भावनाले घटेको बताए । प्रेम सम्बन्धमा खटपट आएका कारण पाँच र अनुहार कुरुप बनाउने हिसाबले दुईवटा एसिड आक्रमणका घटना घटेको पाइएको उनले बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रसायनिक पदार्थहरुको सहज उपलब्धता नहुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए । सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरु बढी घट्ने गरेको उनले बताए । सरकारले बिक्री वितरणका लागि निश्चित कार्यबिधि बनाउनुपर्ने उनले बताए ।

एसिडजस्ता रसायनिक पदार्थहरु आयात गर्ने उद्योग प्रतिष्ठानसम्बन्धी ऐन कानुन भए पनि बिक्री वितरणका लागि कुनै कानुन छैन । नेपालमा सबैभन्दा बढी ब्याट्री तथा इन्भर्टरहरुमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ । इलेक्ट्रोनिक तथा सोलार इन्भर्टर उपलब्ध हुने ठाउँहरुमा यो सुलभरुपमा पाइन्छ ।

सरकारले एसिडको बिक्री वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानुनी व्यवस्था गरे एसिड आक्रमणका घटनाहरुमा केही कमी आउन सक्छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा आठ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

jackson ribon