यी रोग भएकाहरूले क्वाँटी खाँदा ध्यान दिनुपर्छ

विराटनगर, १९ साउन । विशेष गरेर जनै पूर्णिमाको दिन खाइने क्वाँटीका धेरै फाइदाहरू छन् ।

क्वाँटीमा काब्रोहाइद्रेट, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबर, आइरनको साथै मात्रा शरीरलाई चाहिने विभिन्न पोषण तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

बेमौसमी चिसो भगाउन, कब्जियत हटाउन, रोग प्रतिरोधात्मक शक्ति तथा स्मरण शक्तिलाई वृद्धि गराउन क्वाँटीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।

क्वाँटीले जुनै पनि उमेरका मान्छेहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउछ ।

तर, हरेक कुरालाई सही मात्रामा खाँदा मात्रा फाइदा हुने र केही रोग भएका तथा धेरै मात्रामा सेवन गर्द क्वाँटीले शरीरमा बेफाइदा गर्ने गर्छ ।

एउटा सामान्य रोग नलागेको व्यक्तिले क्वाँटीलाई हप्तामा दुई पटकसम्म खान सक्छ । जुन-जुन रोगमा प्रोटिनको मात्रा बढाउनु पर्ने र कार्बोहाइडेडलाई घटाउनु छ भने क्वाँटी एकदमै राम्रो खाद्यान्न हो ।

तर, बिरामीको सन्दर्भमा प्रोटिनको मात्रा कम खानु पर्ने व्यक्तिहरूलाई लिभरमा प्रोटिनको मात्रा कम गर्न क्वाँटी धेरै खानुहुँदैन ।

धेरै मात्रामा क्वाँटीको सेवनले शरीरको तापक्रम बढाएर शरीरमा गर्मीबाट हुने समस्याहरू निम्त्याउन सक्छ ।

मधुमेहका रोगीहरूले चिकित्सकको सल्लाहअनुसार मात्र क्वाँटीको सेवन गर्नुपर्छ ।

मिगौलाका बिरामीले पनि क्वाँटी कम खानुपर्छ ।

बाथका रोगीले तथा हात खुटा निकै दुख्ने व्यक्तीहरूले पनि गेडागुडीको मात्रा कम गर्नुपर्छ ।

गेडागुडीमा मासु बराबर प्रोटिन हुने भएकाले युरिक एसिडका बिरामीहरूले पनि गेडागुडीको कम मात्रा खानुपर्छ ।

Loading...