गोरु काट्दै गरेका तीन जना पक्राउ

लमजुङ, १९ साउन । गोरु काटेको अभियोगमा लमजुङमा ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति गोरु काटेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति साँढे १० बजे नै तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी गाउपालिका ७ दोभानचौरमा रामबहादुर भुजेलको घरमा गोरु काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र खुदी प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलीले खानतालसी गर्दा भुजेलसहित ३ जनालाई गोरुको मासु काट्दै गरेको अवस्थाबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मर्स्याङ्दी ७ का ४२ वर्षीय रामबहादुर भुजेल, साेही स्थानका ३० वर्षीय राजकुमार भुजेल र वेसीशहर नपा १० वस्ने २० वर्षीय दुर्गा थापामगर रहेका छन् ।

Loading...