birat ribon

नो अब्जेक्सन लेटरका लागि निवेदन दिनेको भीड

Neuro
नो अब्जेक्सन लेटरका लागि निवेदन दिनेको भीड

काठमाडौ, १९ साउन । नेपालस्थित जापानी दूतावासअगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ ।

बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यतै रोकिएका थिए । जापान सरकारले अगस्ट ५ बाट जापानले नेपालीहरुको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर लिन दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन् ।

cura insider

नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउनेछन् ।

दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नुभन्दा ७२ घण्टाअगाडि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । उपत्यकासहित देशभरि संक्रमणको जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेहरुले मास्क लगाउनेबाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।

jackson ribon