birat ribon

पार्क शिलान्यास

Neuro
पार्क शिलान्यास

ललितपुर, १९ साउन । ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आज पार्क निर्माणको शिलान्यास गरेका छन् । भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजनाका साथ पार्क निर्माणको काम सुरु भएको हो ।

cura insider

भोटेजात्राभन्दा पहिले नै पार्कको निर्माण सकिने मेयर महर्जनले बताए । भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा जेष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको उनले बताए ।

बालमैत्री र अपाङ्गमैत्री पार्क निर्माण गर्ने महानगरपालिकाको योजनाअनुसार निर्माण सुरु भएको हो । महानगरपालिकाको वातवरण सुधार, सार्वजनिक जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ । पार्क निर्माणका लागि महानगरले ९४ लाख ६१ हजार ४ सय ८४ बजेट विनियोजन गरेको छ ।

jackson ribon