birat ribon

शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

Neuro
शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

विराटनगर, १९ साउन । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ ।

Padelux insider
cura insider

भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्यांक भराउने गरी विद्यालय खोल्ने गृहकार्यमा जुटेको सरकारले शैक्षिक सत्रलाई व्यवस्थापन गर्दै नयाँ क्यालेन्डर बनाउने तयारी अघि बढाएको हो ।

२०७७ सालको शैक्षिक सत्रको चार महिना प्रत्यक्ष कक्षाको पठनपाठनबिना नै सकिएको छ ।

अब बाँकी आठ महिनाको अवधिलाई सदुपयोग गर्दै शैक्षिक सत्र मिलाउने भन्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित कार्यदलले काम अगाडि बढाएको हो ।

हाल रहेको पाठ्यभारलाई केही घटाएर भए पनि शैक्षिक सत्र पूरा गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

सरकारले एक हजार ६४ घण्टा पढाउनुपर्ने नियम बनाए पनि अब त्यो पूरा हुने सम्भावना निकै न्यूून रहेको भन्दै सात १४ घण्टा अध्यापन हुने गरी घटाउने हिसाबले छलफल अगाडि बढेको जनाइएको छ ।

सरकारले नियमित रूपमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा सञ्चालन गरिएका वैकल्पिक तथा अनलाइन कक्षाको नीतिगत पक्ष स्पष्ट गर्ने भएको छ ।

हाल अनलाइन कक्षा सञ्चालन गरिए पनि त्यसलाई कति भार दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।

सहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले अनलाइनबाट धेरै कुरा सिकेको हुनसक्ने भन्दै त्यसको समेत मूल्यांकन गर्ने योजना बनाइएको छ ।

यसैबीच सरकारले विद्यालयमा क्वारेन्टाइन हटाउने निर्णय लिए पनि अहिलेसम्म दुई हजार विद्यालयमा क्वारेन्टाइन कायमै रहेको पाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले अहिलेसम्म दुई हजारको हाराहारीमा क्वारेन्टाइन बाँकी रहेको जानकारी दिए ।

यसअघि विद्यालयमा चार हजार छ सय विद्यालयमा क्वारेन्टाइन तथा आइसोलेसन रहेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon