birat ribon

एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन

Neuro
एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन

विराटनगर, १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ ।

Padelux insider
cura insider

बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्यांकरबाट ढुवानी नगर्ने बताएपछि निगमले एक हप्तामा भ्याट बिजक जारी गर्न निर्देशन दिएको हो ।

पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्यांकरबाट पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भएको छ ।

भ्याट वा पान बिल नदिई ढुवानी भुक्तानी गर्दा आफूहरूलाई कर प्रणालीमा समस्या भएको भन्दै एसोसिएसनले उक्त निर्णय गरेको जनाइएको छ ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेटमार्फत ढुवानी सेवा कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो तर ट्यांकरमा पूर्ण लागू हुन सकिरहेको छैन ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय छिटो गरेर ट्यांकरलाई कम्पनीमा दर्ता हुन निर्देशन दिएको बताउँछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon