विराटनगर, १९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ मा कोरोना संक्र्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ ।
प्रदेश २ मुुलुककै सबैभन्दा बढी संक्रमण प्रभावित प्रदेश हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा टोली पठाएको जानकारी दिए ।
उक्त टोलीले नै प्रदेश २ मा संक्रमित बढी भएको शहर तथा क्षेत्रमा आवश्यक समन्वय तथा निर्देशन र सहयोगको काम अगाडि बढाउनेछ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित अन्य प्रदेशहरूमा पनि उच्च स्तरीय टोली पठाइने तयारी गरिरहेको बताए ।
पछिल्लो समय प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा संक्रमित हुनेको संख्या दैनिक बढ्दो छ । गोरखापत्रमा समाचार छ