birat ribon

विश्वमा दैनिक दुई लाख बढी संक्रमित थपिँदै

Neuro
विश्वमा दैनिक दुई लाख बढी संक्रमित थपिँदै

विराटनगर, १९ साउन । विश्वका विभिन्न मुलुकमा गरेर दैनिक दुई लाख बढी कोरोना संक्रमित थपिँदै गएका छन् ।

Padelux insider
cura insider

पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार छ सय ५२ जना संक्रमित थपिए ।

शनिबारदेखि आइतबार बिहानसम्ममा दुई लाख ४४ हजार एक सय एक जना संक्रमित थपिएका थिए ।

दैनिक दुई लाख बढी संक्रमित थपिँदै गएपछि कोरोना संक्रमणको अवस्था विश्वमै थप भयावह बन्दै गएको विभिन्न अध्ययनले देखाएका छन् ।

विश्वमा संक्रमण तीव्र रुपमा फैलिइरहँदा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८२ लाख २० हजार तीन सय ५० पुगेको छ ।

हालसम्म कोरोनाका कारण छ लाख ९२ हजार तीन सय ५४ जनाले ज्यान गुमाएका छन् ।

एकै दिन चार हजार तीन सय ३८ संक्रमितको मृत्यु भएको वाल्डोमिटरले जनाएको छ ।

हालसम्म एक करोड १४ लाख ३६ हजार सात सय १९ जना उपचारपछि निको भएका छन् ।

६० लाख ९१ हजार दुई सय ७७ जना उपचाररत रहेकोमा ६५ हजार आठ सय चार जनाको अवस्था गम्भीर छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा ४८ लाख १३ हजार ५६ जना संक्रमित पुगेका छन् ।

एकै दिन ४८ हजार चार सय ४७ जना नयाँ बिरामी थपिए ।

हालसम्म एक लाख ५८ हजार तीन सय ३७ जनाले ज्यान गुमाइसकेका छन् ।

२३ लाख ७७ हजार आठ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

२२ लाख ७६ हजार आठ सय ५८ जना उपचाररत छन् ।

प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा २४ हजार आठ सय एक जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या २७ लाख ३३ हजार छ सय ७७ पुगेको छ ।

ब्राजिलमा कोरोनाका कारण ९४ हजार एक सय ३० जनाको मृत्यु भइसकेको छ ।

१८ लाख ८४ हजार ५१ जना निको भएका छन् भने सात लाख ५५ हजार चार सय ९५ जना उपचाररत छन् ।

भारतमा हालसम्म १८ लाख चार हजार सात सय दुई जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५२ हजार सात सय ८३ जनामा संक्रमण देखिएको छ ।

३८ हजार एक सय ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

११ लाख ८७ हजार दुई सय २८ को उपचार सफल भएको छ भने पाँच सय ७९ हजार तीन सय १३ जना उपचार गराइरहेका छन् ।

संक्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

jackson ribon