birat ribon

न्यूरो अस्पतालको ओपीडी र इमरजेन्सी सेवा बन्द

Neuro
न्यूरो अस्पतालको ओपीडी र इमरजेन्सी सेवा बन्द

विराटनगर, १८ साउन । न्यूरो अस्पताल विराटनगरको ओपीडी र आकस्मिक सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।

Padelux insider
cura insider

इमरजेन्सी वार्डमा काम गर्ने एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपिडी (बहिरांग) र इमरजेन्सी सेवा अनिश्चितका लागि बन्द भएको हो ।

शुक्रबार न्यूरो अस्पतालमा काम गर्ने एक जना मेडिकल अफिसरलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित चिकित्सक विराट नर्सिङहाेममा पनि काम गर्दै आएका थिए ।

चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र विरामीकाे कोरोना जाँचको रिपोर्ट नआएसम्मका लागि नयाँ भर्ना नलिने अस्पतालले जनाएको छ ।

संक्रमित चिकित्सकसँग जोडिएर काम गरेका स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा छन् । स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेपछि तत्कालका लागि नयाँ विरामी भर्ना नलिने निर्णय भएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

अस्पतालमा कार्यरत कर्मचारी र सेवाग्राहीको कोरोना जाँचका लागि केही दिनलाई नयाँ विरामी भर्ना नलिने निर्णय भएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

‘एक जना चिकित्सकमा कोरोना देखिएपछि जोखिम बढ्यो ।’ उनले भने ‘ एक पटक कर्मचारी र अस्पतालमा भएका सेवाग्राहीको कोरोना जाँचका लागि ओपीडी र इमरजेन्सी बन्द गरेका छौं ।’

कोरोना जाँचपछि केही दिन भित्र ओपीडी र इमरजेन्सी कक्ष सञ्चालन गर्ने उनले बताए ।

jackson ribon