भारतका गृहमन्त्रीलाई पनि कोरोना संक्रमण

विराटनगर, १८ साउन । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार ट्विट गर्दै गृहमन्त्री शाहले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । आफ्नो अवस्था ठीक रहेको बताउँदै उनले डाक्टरको सल्लाह अनुसार अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् ।

Loading...