प्रदेश एकमा ९३.९५ प्रतिशत रोपाइँ

विराटनगर, १८ साउन । प्रदेश नं १ मा अघिल्लो यस वर्ष ९३.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । १८ साउनसम्ममा ९३.९५ प्रतिशत रोपाइँ भएको प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै रोपाइँ भएको छ । १५ साउन २०१७६ मा ७६.६३ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार उच्च पहाडी जिल्लामा र तराईमा धेरै रोपाइँ सम्पन्न भएको छ ।

उच्च पहाडी जिल्लामा ९५.३२ प्रतिशत अर्थात् २२ हजार ९८३.६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । तराईमा ९५.३१ प्रतिशत अर्थात २ लाख १५ हजार २०२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

मध्यपहाडी क्षेत्रमा ९०.२२ अर्थात् ८२ हजार २४.७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लागत रूपमा सोलुखुम्बु र ओखलढुंगामा शतप्रतिशत रोपाइँ भएको छ ।

यस्तै झापामा ९८, ताप्लेजुङ र संखुवासभामा ९५ प्रतिशत तथा मोरङ र भोजपुरमा ९४ प्रतिशत रोपाइँ भएको छ ।

Loading...