कोशी अस्पतालका थप दुई नर्ससहित तीनजनामा कोरोना

विराटनगर, १८ साउन । आइतबार विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये तीनजना कोशी अस्पताल विराटनगरका कर्मचारी रहेको पाइएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएका १२ मध्ये तीनजना अस्पतालका कर्मचारी रहेको पाइएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार संक्रमण पुष्टि भएकामध्ये दुईजना नर्स हुन् । एकजना सफाइ कर्मचारी हुन् । मेसु दासका अनुसार कोशी अस्पतालमा कार्यरत आठजना स्वास्थ्यकमीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार कोशी अस्पतालमा कार्यरत चारजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार ओपीडी इञ्चार्जसहित ओपीडीमा कार्यरत दुईजनामा संक्रमण देखिएको थियो । एक साताअघि एकजना नर्स र एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ओपीडीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारयता कोशी अस्पतालको ओपीडी सेवा बन्द छ । ओपीडी सेवा पुनः खुला गर्ने विषयमा छलफल भइरहेको डाक्टर दासले जानकारी दिए ।

Loading...