birat ribon

कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

Neuro
कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

विराटनगर, १८ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप २४६ जनामा कोरोना पोजिटिभ भएको जानकारी दिएको छ ।

विभिन्न प्रयोगशालामा ८ हजार ८६१ जनामा गरिएको परीक्षणमा थप २४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । संक्रमितमध्ये ७१.८ प्रतिशत निकाे भएकाे मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५७ पुगेकाे छ । विगत चाैबीस घण्टामा थप एक जनाकाे मृत्यु भएकाे हाे ।

jackson ribon