birat ribon

आँखाबाट पनि कोरोना भाइरस सर्न सक्छ : अध्ययन

Neuro
आँखाबाट पनि कोरोना भाइरस सर्न सक्छ : अध्ययन

एजेन्सी, १८ साउन । आँखाको माध्यमबाट पनि कोभिड १९ संक्रमण फैलिनसक्ने बताइएको छ ।

Padelux insider
cura insider

अमेरिकन एकेडेमी अफ्थल्मोलजीका क्लिनिकल प्रवक्ता डा. थोमस स्टिनेमेनले कुनै व्यक्ति आँखाको माध्यमबाट कोभिड १९ संक्रमित हुन सक्ने बताएका छन् ।

मानिसहरू हावामा तैरिरहेको भाइरसको थोपाबाट संक्रमित भइरहेको प्रमाणहरू रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पुष्टि गरिसकेको छ ।

ती थोपाहरू शरीरमा प्रवेश गर्न सक्ने एउटा तरिका आँखाको माध्यम पनि हो ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार दूषित सतहलाई छुएर आँखा छुँदा पनि भाइरसको संक्रमण हुन सक्छ ।

नाक वा मुखबाट तथा सास फेर्दा भाइरसबाट संक्रमित हुने तुलनामा आँखामार्फत भाइरस सर्ने सम्भावना कम नै हुन्छ ।

स्टिनेमेनका अनुसार पर्याप्त संख्यामा व्यक्तिहरू आँखाबाट संक्रमित भइरहेको खण्डमा डाक्टरहरूले सम्भवतः कोभिड १९ बिरामीहरूमा कन्जक्टिभाइटिसले देख्नेछन् जसलाई पिङ्क आई पनि भनिन्छ ।

भाइरसले संक्रमित गर्न पर्ने बाटो पनि विचार गर्नुपर्छ । आँखाको सतह संक्रमित भएपछि आँशुको माध्यमबाट नाकमा, र नाकबाट मुख वा घाँटीमा पुगेपछि त्यहाँबाट वायुमार्ग र फोक्सोमा पुग्छ ।

उच्च जोखिम भएको अवस्थामा थप सुरक्षित हुनका लागि गगलहरू वा फेस शिल्डले सुरक्षाको थप तह थप्न सक्छ । तर, औषत व्यक्तिको लागि मास्क लगाएर सामाजिक दूरी अभ्यास गर्दा पर्याप्त हुन्छ ।

jackson ribon