birat ribon

जान्ह्वीको ‘गुञ्जन सक्सेना : द करगिल गर्ल’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Neuro
जान्ह्वीको ‘गुञ्जन सक्सेना : द करगिल गर्ल’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, १८ साउन । वलिउड अभिनेत्री जान्ह्वीले कपूर अभिनीत दोस्रो फिल्म ‘गुञ्जन सक्सेना : द करगिल गर्ल’को ट्रेलर सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

पहिलो पटक पाइलट हुँदाको संघर्ष, महिलालाई हेर्ने दृष्टिकोण र सुबिधाका विषयलाई ट्रेलरमा देखाइएको छ ।

डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको फिल्ममा जान्ह्वीले भारतीय वायुसेना उडानकी प्रथम महिला पाइलट गुञ्जन सक्सेनाको भूमिकालाई जीवन्त रूपमा निर्वाह गरेकी छन् ।

ट्रेलरमा करगिल युद्धको पनि केही झलकहरू देख्न सकिन्छ । जी स्टुडियो र धर्मा प्रोडक्सनले निर्माण गरेको यो फिल्म इन्डियन एयरफोर्स पाइलट गुञ्जन सक्सेनाको बायोपिक हो ।

शरण शर्माको निर्देशनमा तयार भएको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’मा जान्ह्वीसँगै पंकज त्रिपाठी, अंगद बेदी, मानव भिज, विनीतकुमार सिंह, अयेशा राजालगायतका कलाकारको अभिनय छ ।

कोरोना भाइरसको जोखिमका कारण हलमा रिलिज हुन नपाएपछि फिल्मलाई १२ अगस्टमा नेटफ्लिक्समा रिलिज गरिने भएको छ ।

jackson ribon