विराटनगरमा थप १२ जनामा कोरोना संक्रमण

विराटनगर, १८ साउन । विराटनगरमा आइतबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा थप १२ जनामा संक्रमण देखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनका अनासार आज संक्रमण पुष्टि हुनेमा चार महिला र ८ पुरुष रहेका छन् ।

यससँगै विराटनगरमा काेराेना संक्रमितकाे संख्या १२० पुगेकाे छ ।

Loading...