धनुषा । १८ साउन । भन्सार पास नभएको गाडी छाड्न भन्दै प्रहरीलाई घुस दिन खोजेको आरोपमा धनुषाबाट एकजना पक्राउ परेका छन् ।
प्रहरीले सिरहा, ईश्वरपुर नगरपालिका–९ बलयबासका ३२ वर्षीय राम विश्वास पटेललाई पक्राउ गरेको हो ।
बीआर ०६ पिई ०६५८ नम्बरको गाडीचालक पटेललाई धनुषाको लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट प्रहरीले पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा गाडीको भन्सार पास नभएकाले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा पठाएकोमा उनले प्रहरीलाई नगद दुई हजार रुपैयाँ दिन खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।