birat ribon

साइनसको टाउको दुखाइ र माइग्रेनले मानिसहरूलाई सजिलै भ्रमित पार्ने

Neuro
साइनसको टाउको दुखाइ र माइग्रेनले मानिसहरूलाई सजिलै भ्रमित पार्ने

विराटनगर, १८ साउन । साइनस टाउको दुखाइ साइनसमा संक्रमण भएको कारण हुन सक्छ ।

Padelux insider
cura insider

साइनसमा संक्रमण भएको कारण आँखा, गाला र निधारमा वरिपरि दबाब तथा टाउकोमा दुखाइ महशुस हुन सक्छ ।

यद्यपि, धेरै व्यक्तिहरू जसले साइनसमा संक्रमण भएको कारणबाट टाउको दुख्ने ठानेका छन्, जसमा यस्तो निदान गरिएको धेरै व्यक्तिहरूमा पनि वास्तवमै माइग्रेन भएको पाइएको छ ।

वास्तवमा अध्ययनले देखाएअनुसार करिव ९० प्रतिशत मानिसहरू जो साइनस टाउको दुखाइको लागि डाक्टरकोमा गएका हुन्छन् उनीहरूमा साइनस नभएर यसको सट्टामा माइग्रेन भएको पाइन्छ ।

साइनसबाट हुने माइग्रेन र टाउको दुखाइका लक्षणहरू ओभरल्याप हुन सक्ने हुँदा दुई प्रकारको टाउको दुखाइले मानिसहरूलाई सजिलै भ्रमित गर्न सक्छ ।

दुबै माइग्रेन र साइनसको दुखाइ प्रायःजसो निहुरिँदा वा बढ्दै जाँदा खराब हुँदै जान्छ । माइग्रेनमा पनि अनुहारमा चाप, नाकबाट पातलो पानी जस्तो चुहिनेसहित विभिन्न प्रकारका नाकका समस्या र लक्षणहरू पनि हुन सक्छ ।

साइनस सामान्यतया वाकवाक हुने वा बान्तासँग तथा शोर वा उज्यालो बत्तीले दुखाइ बढ्नेसँग सम्बन्धित हुँदैन, जुन माइग्रेनको सबै सामान्य लक्षणहरू हुन् ।

साइनस सामान्यतयाः माथिल्लो श्वासप्रश्वासको संक्रमण वा चिसोपछि देखा पर्छ । बाक्लो, रंग भएको नाकको सिँगान, गन्धको अनुभूति कम हुनु र एक गाला वा माथिल्लो दाँत दुखाइ जस्ता लक्षणहरू समावेश छन् ।

साइनस रोगको कारण टाउको दुखाइ प्राय: एक दिन वा सोभन्दा लामो समयसम्म हुन्छ, भने माइग्रेन प्रायःजसो केही घण्टा वा दुई दिनसम्म रहने गर्छ ।

साइनस टाउको दुखाइ सामान्यतयाः माइग्रेन वा अन्य प्रकारको टाउको दुखाइसँग सम्बन्धित हुन्छ ।

माइग्रेन वा टाउको दुखाइको अघिल्लो वा  पारिवारिक इतिहासका कारण पनि साइनसको टाउको दुखाइले असर गर्न सक्छ ।

jackson ribon