birat ribon

प्रकाश सपुतको गीत ‘बदला बरिलै’ शीर्ष तीनमा (भिडियोसहित)

Neuro
प्रकाश सपुतको गीत ‘बदला बरिलै’ शीर्ष तीनमा (भिडियोसहित)

विराटनगर, १८ साउन । गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको नयाँ गीत ट्रेन्डिङमा आउन सफल भएको छ ।

Padelux insider
cura insider

बलात्कारविरुद्ध आवाज उठाउने प्रयास गरेको गीत युट्युबको ट्रेन्डिङ नम्बर ३ मा आएको हो । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्तीको स्वर रहेको छ ।

गायक सपुतको निर्देशन रहेको गीतको भिडियोमा संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीमाथि समाजका प्रतिष्ठित व्यक्तिले नै जीवन बर्बाद पारिदिने र लिएको बदला देखाइएको छ ।

भिडियोमा नायिका केकी अधिकारी पीडितको भूमिकामा रहेकी छन् भने ध्रुब कोइरालाको नेगिटिभ भूमिका निर्वाह गरेका छन् ।

गीतका शब्द, देवीको स्वर र संगीत मर्मस्पर्शी रहेको १५ मिनेटको भिडियोमा केकीले सशक्त पाराले आफ्नो अभिनय प्रस्तुत गरेकी छन् ।

भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराललगायतको पनि अभिनय देख्न सकिन्छ ।

अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोलाई प्रवीन भट्टले सम्पादन गरेका हुन् । 

jackson ribon