birat ribon

कोरोना संक्रमणले भारतमा एक प्रदेश मन्त्रीको मृत्यु

Neuro
कोरोना संक्रमणले भारतमा एक प्रदेश मन्त्रीको मृत्यु

कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ ।

Padelux insider
cura insider

बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको हो ।

उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको बीबीसी हिन्दीले लेखेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन् ।

कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन् । त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो ।

jackson ribon