birat ribon

कोभिड-१९ ले सुन्ने क्षमतामा पनि असर गर्न सक्ने

Neuro
कोभिड-१९ ले सुन्ने क्षमतामा पनि असर गर्न सक्ने

एजेन्सी, १८ साउन । कोरोना भाइरसबाट निको भएसकेकाहरूलाई अस्पतालबाट डिस्चार्ज भएको लामो समयसम्म पनि सुन्नमा समस्या भइरहेको अध्ययनले देखाएको छ। ।

Padelux insider
cura insider

अन्तर्राष्ट्रिय जर्नल अफ अडियोलोजीमा प्रकाशित गरिएको अध्ययनमा म्यानचेस्टर विश्वविद्यालयका अडियोलोजिस्टहरूले १ सय २१ वयस्कहरू सर्वेक्षण गरेका हुन् ।

कोभिड १९ का कारण अस्पतालमा भर्ना गरिएको आठ हप्तापछि उनीहरूलाई सुन्ने क्षमतामा आएको परिवर्तनबारेमा सोधिएकाे थियो । जसमा, १६ जनाले आफूहरूको सुन्ने क्षमतामा एकदम नराम्रो भएको बताएका थिए ।

तीमध्ये आठले सुन्ने क्षमतामा गिरावट भएको र आठ जनाले टिनीटस (कान बज्ने समस्या) भएको रिपोर्ट गरेका थिए ।

म्यान्चेस्टर बायोमेडिकल रिसर्च सेन्टरमा श्रवण विज्ञान र हेयरिंग हेल्थ थिम लीडका प्रोफेसर केभिन मुनरोका अनुसार दादुरा, मम्प्स र मेनिन्जाइटिस जस्ता अन्य भाइरसहरूका कारण श्रवण क्षमता गुमाउनसक्ने हुँदा कोरोना भाइरसले दिमागमा रहेको सूचना बोक्ने स्नायुहरूलाई हानी पुर्‍याउने वैज्ञानिकहरूले पहिल्यै थाहा पाइसकेका थिए ।

कोभिड १९ले मध्य कान वा कोक्लियालगायत श्रवण प्रणालीका केही अंशहरूमा समस्या उत्पन्न गर्नसक्ने गनले बताएका छन् ।

अन्वेषकहरूले निकालेको नतिजाले स्वास्थ्यमा कोरोना भाइरसको दीर्घकालीन असरहरूबारे थप अभूतपूर्व प्रमाणहरू थपेको छ ।

jackson ribon