काठमाडौं, १८ साउन । कोरोना भाइरस संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् ।
संघले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना संक्रमणका कारण हालसम्म विदेशमा १८९ नेपालीको मृत्यु भएको जनाएको छ ।
विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको संघले जनाएको छ ।
संघले लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक संक्रमित भएको उल्लेख गरेको छ ।