आईपीएलको तयारीमा जुट्दै दिल्ली क्यापिटल्स, अगस्ट १५ बाट प्रशिक्षण थाल्ने

एजेन्सी, १८ साउन । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को तयारीमा जुट्ने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आईपीएलको फ्रेन्चाइज टोली दिल्लीले १५ अगस्टबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बरमा आयोजना गर्ने तयारी गरेपछि दिल्लीले प्रशिक्षण थाल्ने तयारी गरेको हो ।

उसले कोरोना महामारीको समयमा स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीको लय फर्काउने तयारी गरेको हो ।

प्रशिक्षणको तयारी थालेको भए पनि बीसीसीआईको निर्णयको प्रतीक्षामा रहेको दिल्लीका एक पदाधिकारीले बताए । बीसीसीआईको निर्णय पाएसँगै १५ अगस्टदेखि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको उनले बताए ।

कोरोना महामारीका कारण यूएईमा हुने तय भएको आईपीएल १९ सेप्टेम्बरबाट सुरु गर्ने तयारी थालिएको छ ।

Loading...