birat ribon

भारतमा रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

Neuro
भारतमा रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

नयाँ दिल्ली, १८ साउन । भारतमा रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको कुरीचेडु गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि उनीहरूको ज्यान गएको हो ।

जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएको बताएका छन् ।

रक्सीको लत लागेका मानिसहरू मर्नुभन्दा १० दिन अगाडिदेखि नै स्यानिटाइजर पिउन थालेको उनको भनाइ छ ।

ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिउने गरेका थिए ।

कौशलका अनुसार उनीहरूले सेवन गरेको स्यानिटाइजरमा अन्य विषालु पदार्थहरू पनि हुनसक्ने हुँदा स्यानिटाइजरको नमूना रासायनिक परीक्षणका निम्ति पठाइएको छ ।

भारतमा विगत २४ घण्टामा थप ५५ हजार मानिसमा काेराेना देखिएकाे छ । भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या एकैदिनमा ७७९ ले बढेर साढे ३५ हजार पुगेको छ।

jackson ribon