अर्जुनधारामा पाँच दिन पुनः लकडाउन

झापा, १८ साउन । कोरोाना भाइरसको संक्रमण रोक्न भनी झापाको अर्जुनधारा नगरपालिकाले पाँच दिनका लागि लकडाउन गरेको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को बसेको बैठकले कोरोना भाइरसको थप संक्रमण हुन नदिन आइतबार बिहानदेखि २२ साउनसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

अर्जुनधारा नगरपालिका–१ एका एक व्यक्तिमा केही अघि कोरोना भाइरस संक्रम पुष्टि भएको थियो ।

नगरपालिकाले लकडाउनको अवधिमा निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् । त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।

लकडाउनकै अवधिमा बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

Loading...