गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ सय नाघ्यो

पोखरा, १८ साउन । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या पन्ध्र सय नाघेको छ ।

आइतबार थप २० जना थपिएसँगै गण्डकीमा संक्रमितको संख्या १५ सय ४ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा चार महिलासहित थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका दुई जना र बाग्लुङका एक जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२ सय ४५ पुगेको छ ।

Loading...