इन्जिनियरका छोरामा पनि कोरोना संक्रमण

इटहरी, १७ साउन । कोरोना भाइरस संक्रमित इटहरीका इन्जिनियरका छोरामा पनि कोरोना संक्रमण भएको छ ।

इटहरी उपमहानगरपालिकाका इन्जिनिरमा कोरोना संक्रमण पुष्टि भएपछि परिवार, कर्मचारीसहित ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको ४० जनाको स्वाबमध्ये इन्जिनियरको छोरामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

नगर प्रमुख द्वारिकलाल चौधरीसहित केही जनप्रतिनिधि तथा कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ । बाँकीको परीक्षण गर्न विराटनगर पठाइएका कारण रिपोर्ट आउन ढिलाइ भएको र केही समयमा नै आउने इटहरी अस्पतालका रामकुमार धमलाले बताए ।

Loading...