birat ribon

रुसले अक्टोबरसम्ममा कोरोनाको भ्याक्सिन उपलब्ध गराउने

Neuro
रुसले अक्टोबरसम्ममा कोरोनाको भ्याक्सिन उपलब्ध गराउने

एजेन्सी, १८ साउन । रुसले अक्टोबर महिनामा कोरोना भाइरसको भ्याक्सिन नागरिकहरूलाई दिने योजना बनाएकाे बताइएको छ ।

Padelux insider
cura insider

विस्तृत खोप अभियान चलाउने तयारी गर्दै अक्टोबर महिनामा कोरोना भाइरसको भ्याक्सिन नागरिकहरूलाई दिइने रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् ।

बीबीसी हिन्दीका अनुसार रुसको सम्भावित कोरोना भ्याक्सिनलाई यो महिना नियामक निकायले मञ्जुरी दिनेछ । मिखाइलका अनुसार सबैभन्दा पहिले डाक्टर र शिक्षकलाई कोरोना भ्याक्सिन दिइने छ ।

मिखाइलले मस्कोमा रहेको गामालेया इन्स्टिच्यूटले कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको काम पूरा गरिरहेको र यसलाई रजिस्टर गर्नका लागि कागजी प्रक्रियामा व्यस्त भएको जानकारी दिएका छन् ।

अघिल्लो महिना रुसी वैज्ञानिकले गामालेयाले विकास गरेको भ्याक्सिनले सुरुवाती ट्रायल पूरा गरिसकेको र यसको नतिजा सकारात्मक भएको बताएको थियो ।

तर, रुसले तीब्र गतिमा बनाइरहेको कोरोना भ्याक्सिनको कोसिसमा धेरै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले रुस र चीनले आफ्ना नागरिकलाई भ्याक्सिन दिनुअघि खोपको सबै परीक्षण वास्तविक रूपमा नै गरिरहेका छन् भन्ने कुराको आशा राखेका छन् ।

फाउचीले यो वर्षको अन्त्यसम्म अमेरिकासँग सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन उपलब्ध हुने बताएका छन् 

jackson ribon