एजेन्सी, १८ साउन । प्रिमियर लिग च्याम्पियन र एफए कपको विजेताबीच हुने एफए कम्युनिटी शिल्ड फुटबलको उपाधिका लागि लिभरपुल र आर्सनल भिड्ने भएका छन् ।

शनिबार राति चेल्सीमाथि जित निकाल्दै आर्सनलले लिभरपुलसँगको भेट पक्का गरेको हो ।
एफए कपको फाइनल खेलमा आर्सनलले चेल्सीलाई २–१ गोलले हराउएको हो ।
वेम्ब्ली स्टेडियममा भएको खेलमा आर्सनललाई जिताउन दुवै गोल पेइर्रे–इमरिक अबामेयाङले गरे । चेल्सीका क्रिस्टियन पुलिसिकले एक गोल गरे ।
यससँगै आर्सनलले सिजनको पहिलो उपाधि जित्यो । यस्तै उसले सर्वाधिक धेरै १४ पटक एफए कपको उपाधि जित्यो ।
अब २९ अगस्टमा कम्युनिटी शिल्डको उपाधिका लागि लिभरपुल र आर्सनल भिड्ने छन् । उपाधि भिडन्त मैदान वेम्बली स्टेडियममा हुनेछ ।
अघिल्लो संस्करणको कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।