ट्राफिकमा कोरोना, बग्गीखाना सिल

विराटनगर, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)मा कार्यरत दुई जनामा कोरोना पुष्टि भएको छ ।

त्यहाँ कार्यरत एक हवल्दार र जवानमा कोरोना देखिएको हो ।

दुई जनामा कोरोना पुष्टि भएपछि महाशाखा सिल गरिएको छ ।

बग्गीखानका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित तीन सय ७५ जना क्वारेन्टाइनमा छन् ।

संक्रमित प्रहरीलाई अस्पताल भर्ना गरिएको छ ।

ढकालले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए ।

महाशाखा मातहत कार्यरत एक हजार पाँच सय ४५ जनामध्ये तीन सय ७५ जना क्वारेन्टाइनमा बसेपछि एक हजार एक सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

Loading...