पृथ्वीमा फर्किँदै दुई अमेरिकी अन्तरिक्ष यात्री

विराटनगर, १८ साउन । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्कदैछन् ।

त्यसका लागि उनीहरुले अन्तरिक्ष यानमा उडान सुरु गरेका छन् ।

उनीहरु ड्रयागन एनडेभर क्याप्सूल यान अन्तरिक्ष स्टेशनबाट अनडक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

उनीहरु स्थानीय समय अनुसार आइतबार दिउँसो दुई बजेर ४० मिनेट जाँदा फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण गर्ने अपेक्षा छ ।

उनीहरुको सफल अवतरणपछि अमेरिका पुनः पूर्णरुपमा अन्तरिक्षण सेवामा निपूर्ण रहेको प्रमाणित हुनेछ ।

अमेरिकी अन्तरिक्षा एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको थियो ।

ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरिरहेको छ ।

सो यान चीनबाट चार सय २२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो ।

Loading...