दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७ मा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ का ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका –७ का ५५ वर्षीय नन्दकिशोर साहको मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा ज. १ म. २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...