मेयर सरावगीको परिवारमा पनि संक्रमण, पर्सामा थप ४५ जनामा कोरोना

विराटनगर, १८ साउन । कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको परिवारका सदस्यमा पनि कोरोना देखिएको छ ।

उनको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्दा परिवारका दुई सदस्यसहित छ जनामा कोरोना देखिएको हो ।

नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक पर्सामा ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा नतिजा पोजेटिभ आएकामा १४ जना महिला छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायकाअनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् ।

प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै मगनुस फर्माका पाँच जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

औषधि फर्मामा काम गर्ने वीरगञ्ज–८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज–८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ ।

Loading...