birat ribon

भेन्टिलेटर र आइसियूको चरम अभाव, लक्षणसहितका संक्रमित धमाधम थपिँदै

Neuro
भेन्टिलेटर र आइसियूको चरम अभाव, लक्षणसहितका संक्रमित धमाधम थपिँदै

विराटनगर, १८ साउन । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ ।

Padelux insider
cura insider

यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ ।

संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर एक हजार पाँच सय ९५ वटा आइसियू बेड र नौ सय ओटा भेन्टिलेटर छन् ।

यस्तै, तीन हजार ७६ आइसोलेसन बेड र २६ हजार नौ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

लक्षणसहितका संक्रमित धमाधम भेटिए सरकारसँग धान्ने संरचना छैन । स्

वास्थ्य मन्त्रालयका अनुसार २४ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ ।

सरकारले लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा बस्न सकिने बताएको थियो ।

समुदायस्तरमा संक्रमण फैलिन थालेपछि जनस्वास्थ्य विज्ञले थप सतर्कता अपनाउन नागरिकलाई सुझाव दिएका छन् । अहिलेसम्म २० हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण सबै जिल्लामा फैलिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्न आम नागरिक सचेत हुनुको विकल्प नभएको बताए ।

सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ

jackson ribon