विराटनगर, १८ साउन । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ ।
दुई प्रहरी जवानसहित केही अभियुक्त पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।
प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेको हो ,
गाडीधनी बाराका इल्ताफ हुसेन अन्सारी र भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन् ।
अन्सारी यसअघि नक्कली नोट र हतियार कारोबारमा पक्राउ परी छुटेको पाइएको छ ।
गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर भारतको राजस्थान लगी ठूला व्यापारीलाई ठग्ने योजना बनाएका थिए ।
उक्त सूचना दरबारमार्ग वृत्तमा पुगेपछि कौशलले पुरानो चिनजानका प्रहरी जवान कठायतलाई आर्थिक प्रलोभनमा पारे ।
सुनको जलप लगाइएको चाँदीको एउटा ‘बिस्कुट’ दिई झोला फ्याँकेर उम्किएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ,
मनीष काम गर्ने सुन पसलमै चाँदीको ‘बिस्कुट’ किनेर सुनको जलप लगाउन पटेल समूहले ५२ लाख रुपैयाँ खर्चिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जवानद्वय कठायत र श्रेष्ठकोे योजनाबारे दरबारमार्गका तत्कालीन डीएसपी रञ्जन दाहाल अनभिज्ञ देखिन्छन् ।
दाहाल सुन्धारा पुग्नुअगावै कठायत त्यहाँ पुगेर सुनचाँदीको झोला लिएर गाडी उम्काएका थिए ।
प्रहरीकै लापरबाहीले दुई मुख्य योजनाकार भाग्न सफल भएको अनुसन्धानले देखाएको छ ।
अपरेसन पूरा नहुँदै कनिष्ठ प्रहरीलाई विश्वास गर्दा दरबारमार्ग वृत्तका तत्कालीन डीएसपी दाहाल जिम्मेवारीबाट वञ्चित हुनु प¥यो ।
तस्कर समूह गत मंगलबार बा.६च ५५१९ नम्बरको स्कर्पियोमा भागेको थियो ।
प्रहरी जवान श्रेष्ठले दिएको सूचना मूल्यांकन र विश्लेषण नगरी डीएसपी दाहाल एकैपटक किन चेक प्वाइन्ट राख्न हतारिए ? दाहाल त्यहाँनेर चुकेका देखिन्छन् ।
दाहाल गम्भीर भएका भए मंगलबारै सामान, गाडी र मान्छे एकै पटक समातिन सक्थे ।
प्रहरीले घटनालगत्तै १५ किलो सुन बरामद गरिएको जनाएको थियो । पछि जाँच गर्दा साढे १४ किलो चाँदी पुष्टि भएको थियो भने आधा किलो मात्रै सुन भेटिएको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ