नापोलीले लाजियोलाई हरायो

एजेन्सी, १८ साउन । इटालियन सिरी ‘ए’ मा नापोलीले लाजियोमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले लाजियोलाइै ३–१ गोलले हराएको हो ।

नापोलीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन फाबियन रुइज पेना, लोरेन्जो इन्सिग्ने र माटियो पोलिटियानोले समान एक–एक गोल गरे । पाहुना टोली लाजियोका सिरो इम्मोबाइलले एक गोल फर्काए ।

खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा नापोलीले दुई गोल गर्दै जित निकालेको हो ।

जितसँगै सातौं स्थानको नापोलीले ६२ अंक जोड्दै लिग अन्त्य ग¥यो । यता, लाजियो भने चौथो स्थानमा रह्यो ।

Loading...