birat ribon

स्थानीय तहमा भ्रष्टाचार, अख्तियारमा उजुरीका चाङ

Neuro
स्थानीय तहमा भ्रष्टाचार, अख्तियारमा उजुरीका चाङ

विराटनगर, १८ साउन । वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको संख्या ह्वात्तै बढेको छ ।

Padelux insider
cura insider

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी संख्याका आधारमा स्थानीय तहमा सबैभन्दा बढी २६ प्रतिशतभन्दा बढी उजुरी परेका छन् ।

गत आर्थिक वर्षका घटनामा आधारित भएर विश्लेषण गरिएको हो ।

तीमध्ये अधिकांश घुस लिएर भ्रष्टाचार गरेका, सरकारी सम्पत्तिको दुरुपयोग गरेका, आर्थिक अनियमित कार्य गरेका र निर्माण कार्यमा गुणस्तर नभएका जस्ता उजुरी छन् ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले दिएको जानकारी अनुसार बढी उजुरी परेका क्षेत्रमा स्थानीय तह अग्रपंक्तिमा छ भने दोस्रोमा शिक्षा क्षेत्र छ ।

शिक्षा क्षेत्रमा १६ प्रतिशतभन्दा बढी उजुरी परेका छन् ।

आयोगले यही साउनमा सार्वजनिक गरेको २९ औँ वार्षिक प्रतिवेदनले यसलाई पुष्टि गरेको छ ।

देशको असल र सक्षम जनशक्ति उत्पादन गर्ने जिम्मा पाएका गुरुबाटै आर्थिक अनियमित कार्य हुनु, भौतिक संरचना निर्माण गर्दा प्राविधिकसँग मिलेमतो गरी कम गुणस्तरका संरचना बनाएर गैरकानुनी रूपमा कमाउनु र शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी पर्ने गरेका छन् ।

भूमि प्रशासन क्षेत्रमा काम गर्ने कर्मचारीबाट भएका गैरकानुनी र घुस लिएका जस्ता उजुरीको संख्या आठ प्रतिशत छ ।

आयोगका नौवटा कार्यालयमा सबैभन्दा बढी उजुरी केन्द्रीय कार्यालय नक्सालमा पर्ने गरेका छन् भने प्रदेश स्तरका कार्यालयमा प्रदेश–२ को बर्दिवास कार्यालय दोस्रोमा पर्छ ।

त्यसपछि आयोगको बुटवल, कञ्चनपुरमा रहेका कार्यालयमा बढी उजुरी पर्ने गरेको पाइएको छ ।

आयोगका कार्यालयमध्ये सबैभन्दा कम उजुरी नेपालगञ्जमा परेको जानकारी आयोगका प्रवक्ता तारानाथ अधिकारीले दिए ।

आयोगमा परेका उजुरीमध्ये गत आर्थिक वर्षमा आयोगले किनारा लगाएका कुल चार सय ४१ मुद्दामा घुस लिएका मुद्दा सबैभन्दा बढी थिए ।

घुस लिएका मुद्दा दुई सय छ, नक्कली शैक्षिक प्रमाणपत्र ८४, सार्वजनिक सम्पत्ति हानि–नोक्सानी ३६, राजस्व हिनामिना १२, गैरकानुनी सम्पत्ति आर्जन १८ र विविध १० रहेको आयोगले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon