birat ribon

घट्दै मोबाइल प्रयोगकर्ता

Neuro
घट्दै मोबाइल प्रयोगकर्ता

विराटनगर, १८ साउन । करिब तीन करोड जनसंख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्यांकमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो ।

Padelux insider
cura insider

सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थाल्यो ।

तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला भने तल झर्न थालेको छ ।

आश्चर्य त के छ भने दूरसञ्चार सेवा प्रदायकको यसअघि मासिक ग्राहक बढ्ने दरभन्दा घट्ने दर दोब्बरभन्दा बढी छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पुसपछि जीएसएम ग्राहकको कुल संख्यामा व्यापक गिरावट आउन थालेको हो ।

पुसमा जीएसएम ग्राहकको संख्या अहिलेसम्मकै बढी अर्थात् चार करोड पाँच लाख ९२ हजार पुगेपछि माघमा एकैपटक करिब १६ लाखले घटेर तीन करोड ९१ लाख १३ हजार पुग्यो ।

त्यतिबेला ग्राहक गुमाउने सरकारी लगानीको नेपाल टेलिकम मात्रै थियो ।

माघपछि एकैपटक करिब २८ लाखले जीएसएम ग्राहक घटेर फागुनमा कुल संख्या तीन करोड ६३ लाख पुग्यो ।

प्रतिस्पर्धी एनसेल र स्मार्ट टेलिकमको ग्राहक संख्या बिस्तारै उकालो लाग्ने क्रममै थियो ।

चैतसम्म पुग्दा ठूलो संख्यामा ग्राहक गुमाउने प्रवृत्तिमा बे्रक लागेर तीन करोड ६२ लाख कायम भयो ।

प्राधिकरणले पछिल्लोपटक जेठसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीएसएम ग्राहकको संख्या तीन करोड ५३ लाख ३५ हजार छ ।

जुन त्यसअघिको वैशाखको तुलनामा आठ लाख ३७ हजारले कम हो ।

यसको अर्थ टेलिकमले वैशाख र जेठमा करिब पाँच लाख र एनसेलले चार लाख गरेर नौ लाख ग्राहक गुमाउन पुगे ।

तेस्रो प्रतिस्पर्धी स्मार्ट टेलिकमको जेठसम्म ग्राहक संख्या भने २१ लाख ४१ हजार पुगेको तथ्यांकले देखाउँछ ।

बिक्री गरिसकेको सिमकार्डको सङ्ख्या आखिर कसरी घट्यो त ?

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल यसका पछाडि प्राधिकरणकै निर्देशनको पालना भएको बताउँछन् ।

छ महिनासम्म प्रयोगविहीन सिमकार्ड निष्क्रिय गर्नुपर्ने प्राधिकरणको निर्देशनकै कारण पछिल्लो समय मोबाइल ग्राहक सङ्ख्या घट्न पुगेको उनको भनाइ छ । त्

नेपालमा सिमकार्ड जुनसुकै संख्यामा वितरण भए पनि सक्रिय प्रयोगकर्ताको संख्या भने जनसङ्ख्याको ७० देखि ८० प्रतिशतबीचमै रहेको प्राधिकरण अध्यक्ष खनालको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon