अन्तिम खेलमा इन्टरको सहज जित

एजेन्सी, १८ साउन । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले अटलान्टामाथि २–० गोलको जित निकालेको हो ।

अटलान्टाको मैदानमा भएको खेलमा इन्टरलाई जिताउन डेनिलो डी‘एम्ब्रोसियो र अश्ले योङले समान एक–एक गोल गरे ।

खेलको पहिलो मिनेटमा इन्टरले डी‘एम्ब्रोसियोको गोलमा सुरुआती अग्रता बनाएको थियो । २०औं मिनेटमा योङले गोल गरेपछि उसले पहिलो हाफमा नै जित सुनिश्चित गरेको थियो ।

जितसँगै दोस्रो स्थानको इन्टरले युभेन्टससँगको अंकदूरी घटाउँदै लिग अन्त्य गरेको छ । इन्टरले ८२ अंक बनायो भने शीर्ष स्थानको युभेन्टससँग ८३ अंक छ ।

अटलान्टाले तेस्रो स्थानमा रहँदै लिग अन्त्य गर्‍यो ।

Loading...